अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

.

काठमाडौं – युरोपियन युनियनका राजदूत तथा युरोपियन युनियनका सदस्य राष्ट्र जर्मनी, फ्रान्स र फिनल्याण्डका राजदूत एवम् नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा लगागतका पदाधिकारीहरुले विरेन्द्रनगर नगरपालिकाको भ्रमण गरेका छन् ।

 

भ्रमणका क्रममा नगर विकास कोषको वित्तीय तथा प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएका विरेन्द्रनगर वसपार्क, कृष्ण माध्यामिक विद्यालय, अमरज्योती माध्यामिक विद्यालय लगायतका आयोजनाहरुको अवलोकन भ्रमण तथा युरोपियन युनियनको वित्तीय सहयोगमा कोषबाट सञ्चालित नगरपालिका वित्त व्यवस्थापन तथा क्षमता कार्यक्रम अन्तरगत सञ्चालित तथा सञ्चालन हुन लागेका कार्यक्रमहरुको सम्बन्धमा राजदुत, कोषका कार्यकारी निर्देशक लगागतका पदाधिकारी तथा विरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख, उपप्रमुख तथा अन्य पदाधिकारीहरु बीच महत्वपूर्ण छलफल तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।