माओवादी ब्राण्ड समातेर देश विकास हुँदैन: डा. बाबुराम भट्टराई (भिडियो सहित)

.

काठमाडौं- पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी ब्राण्ड समातेर देश विकास नहुने बताउनु भएको छ ।

 

शुक्रवार राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले काठमाडौंमा आयोजना गरेको नेपाली अर्थतन्त्रको समसामयिक मुद्दाहरु र समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यदिशामाथि छलफलमा बोल्दै पूर्व प्रधानमन्त्री भट्टराईले यस्तो बताउनु भएको हो । उहाँले समय धेरै फेरिसकेको भन्दै अब मोओको अर्थ राजनीतिको पक्षबाट आर्थिक विकास हुन नसक्ने बताउनु भयो ।

 

पूर्व प्रधानमन्त्री भट्टराईले माओवादीका नेताहरुलाई अब त्याङवादी भएर आर्थिक विकास र समृद्धिको बारेमा सौच्न पनि सुझाव दिनुभयो । उहाँले छिटो दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्नको लागि, रोजगार सिर्जना गर्न र व्यापार घाटा घटाउन तथा तीव्र गतिले देश विकास गर्न हिजोको उदारवाद र साम्यवादको मोडेलभन्दा फरक ढंगले अघि जाने आँट गर्नुपर्ने बताउनु भयो ।

News Agency Nepal