ओलीले राजावादीहरुसँग मध्यरातमा भेटेर खतरनाक योजना बनाउँछन्ः माधव नेपाल

.

काठमाडौं  -नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले राजावादी शक्तिहरुसँग भेटेर खतरनाक योजना बनाउने गरेको बताउनुभएको छ ।

 

सोमबार काठमाडौंमा युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा (एमाले)का अध्यक्ष ओली राजावादी शक्तिहरुसँग मध्यरातमा अज्ञात ठाउँमा बसेर खतरनाक योजनाहरु बनाउने गरेको आरोप लगाउनुभएको हो । उहाँले ओली विगतदेखि नै गणतन्त्रको पक्षमा नभएको पनि बताउनुभयो ।

 

उहाँले तत्कालिन एमालेमा आफ्नो पक्षमा रहेका ‘दश भाइ’ नेताहरुकै सहारा र सहयोगमा ओलीविरुद्धमा लागेको भएपनि आफूले उनीहरुबाट धोका पाएको बताउनुभयो । अध्यक्ष नेपालले तत्कालिन समयमा आफू ओलीका विरुद्धमा चट्टानी अडानका साथ उभिएको पनि बताउनुभयो ।