बुल्गेरियाको काजानलकमा वार्षिक गुलाव महोत्सव आयोजना गरिएको छ । सोफियाबाट लगभग २ सय किलोमिटर पूर्वमा आयोजित यो महोत्सव शहरको बाहिरी भागमा गुलाव टिप्ने कामबाट शुरु भएको थियो । संगीतकार, अभिनेता, बालबालिका र खेलाडीहरू सहित लगभग १० हजार सहभागीहरूको साथमा यो महोत्सवको उद्घाटन गरिएको छ । गुलाव महोत्सव बुल्गेरियामा वार्षिक रूपमा जुन महिनाको पहिलो आईतवार आयोजना गरिन्छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
बुल्गेरियामा गुलाव महोत्सव आयोजना