नेपालमा थप २२ जनामा कोरोना पुष्टि

.

काठमाडौं – नेपालमा आज थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कूल ३ हजार ९७२  पिसिआर परीक्षणका क्रममा २२ जना र  १ हजार १७२  एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

 

त्यस्तै कोरोनाका कारण आज कसैको पनि मृत्यु भएको भएको छैन भने थप ४६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ७४ जना निको भएको मन्त्रालयले जनाएको छ ।

 

 

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५६८ रहेको छ ।