तानसेन नगरपालिकाको काम आलोचनात्मक समाचारको खण्डन ! गर्देन योजनाको मुल्याङकन ?

.

पाल्पा, माघ ६
केही दिन अघि इकुटुम्ब.कम र नयाँ पत्रिका राष्ट्रिय दैनिकको अनलाइन संस्करणमा प्रकाशन भएको ‘फोहोर ब्याबस्थापनको जिम्मा निजीलाइ दिदा झनै समस्या– बजारमा फोहोर बढ्यो, जनताबाट लिने शुल्क बढ्यो, तानसेन नगरपालिकाको खर्च पनि बढ्यो’ शिर्षकको समाचार तथ्यहिन भएको भन्दै नगरपालिकाले प्रेस बिज्ञप्ति निकाल्यो ।

 

नगरपालिकाले यस अघि पाल्पा समाचार पत्रमा प्रकाशित ‘मेयरको स्कुललाई २ लाख पुरस्कार’ लगायत अन्य समाचारका विषयमा पनि प्रेस विज्ञप्ति जारी गरेको थियो ।

त्यस्तै केही महिना अघि पाल्पापाटि.कम मा प्रकाशन भएको समाचार समेत हटाउन अनुरोध गरिएको सम्पादक विष्णु घिमिरले बताए ।
यस्तै तीन वर्ष अघि जनता टेलिभिजनमा प्रशारण भएको गुणस्तरहीन कालोपत्रे शिर्षकमा प्रशारण भएको समाचारको समेत तानसेन नगरपालिकाले विज्ञप्ती निकालेर पानि माथिको ओभानो बन्ने प्रयास गरेको थियो ।

तानसेन नगरपालिका विरुद्ध एथेष्ठ प्रमाण सहित स्थानिय नागरिकको खण्डन मिडियामा समाचार प्रकाशन,प्रशारण हुने गरे पनि तानसेन नगरपालिकाले आफ्नो गल्ती कमजोरी सुधार्नेभन्दा पनि नगरबासीलाई नै दिग्भ्रमित गर्ने विज्ञप्ती निकाल्ने गरेको छ ।

                                                                                                       

जिल्लाका एक मिडिया सञ्चालकका अनुसार नगरपालिकाले स्थानिय सरकार सञ्चालन ऐन विपरित नै प्रेस सल्लाहाकार राखेर उनलाई विज्ञप्ती निकाल्ने कार्यमा खटाउने गरेको बताए । तानसेन नगरपालिकामा राखिएको अवैधानिक प्रेस सल्लाहाकारलाई तलब दिन नमान्दा हाकिमलाई नै सरुवा गरिएको उनले तथ्य बताए । अहिले यी नै प्रेस सल्लाहाकारले मेयरलाई उचालेर विज्ञप्ती निकालेको बताईएको छ ।

नगरपालिकाले आफ्नो कामको समिक्षा भन्दा आलोचनात्मक समाचारको खण्डन र विज्ञप्तिलाइ जोड दिएको जानकाहरु बताउँछन ।

 

फोहोर ब्यबस्थापनको बिषयमा अहिलेसम्म नगरपालिकाले सम्झौता गरेको वाताबरणीय सुन्दर नेपाल प्रालिसंग छलफल समेत नगरेको नगरपालिका स्रोतले नै बताएको छ । कार्यप्रगतीका विषयमा समिक्षा नगर्ने र विज्ञप्तिका लागि समय खर्च गर्ने तानसेन नगरपालिकाले आफ्नो कार्य र योजनाको बारेमा भने कम छलफल गर्ने गरेको सरोकारवालको आरोप छ ।