काठमाडौं- सत्तारुढ पाँच दलबीच महानगरपालिका र उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनको चुनावी तालमेल गर्ने विषयमा सोमबार पनि सहमती जुटन सकेन ।
सत्तारुढ नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाबीच महानगरपालिका र उपमहानगरपालिकामा चुनावी तालमेलका लागि गरिएको दिनभरको प्रयास असफल भएको हो । तर धेरै ठाउँमा सहमती नजिक पुगिएको र त्यसलाई अन्तिम रुप लिन भोली (मंगलबार) साँढे ११ बजे पुनः बैठक बोलाइएको काँग्रेस नेता समेत रहनु भएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनु भयो ।
उहाँले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाका वडा समेतको वस्तुगत स्थितिको बारेमा आफूहरुबीच व्यापक छलफल भएको र भोली त्यसलाई अन्तिम रुप दिने सहमति गरिएको पनि बताउनु भयो । भोली चुनावी तालमेलको विषयमा निर्णय हुने र त्यसलाई आफूले सञ्चार माध्यामबाट नै सार्वजनिक गर्ने सञचारमन्त्री कार्कीको भनाई छ ।