निर्वाचन आयोगले पत्रकारसँग अन्तरक्रिया गर्ने

.

काठमाडौं-निर्वाचन आयोगले राष्ट्रिय समाचार माध्यामहरुका निर्वाचनसम्बन्धि रिर्पोटिङ गर्ने समाचारदाता र फोटो पत्रकारहरुसँग अन्तरक्रिया गर्ने भएको छ ।

 

सोमबार आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज (बैशाख ६ गते) काठमाडौंमा सो अन्तरक्रिया कार्यक्रम गर्न लागिएको जानकारी गराउनु भएको हो । यस अघि निर्वाचन आयोगले प्रदेश स्तरीय मिडिया अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिसकेको छ ।

 

त्यसैगरी आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयले प्रयोग गर्ने साईनबोर्ड, लेटर प्याड र छापको नमूना प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमार्फत् पठाउन पनि पत्राचार गरेको छ । साईन बोर्ड, लेटर प्याड र छाप सबै मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा एकरुपता ल्याउनका लागि सोको नमूना पढाउन निर्देशन दिइएको पनि आयोगका प्रवक्ता पौडेले बताउनु भयो ।

News Agency Nepal