पछिल्लो समय विकासे मन्त्रालहरुले रुग्ण आयोजनाको ठेक्का अन्त्य गरिरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले विरोध गरेको छ ।
महासंघका अध्यक्ष रवि सिंहले ठेक्का अन्त्य गर्ने कदम सुन्नमा अत्यन्तै कर्णप्रिय भएपनि त्यसको परिणाम नहेरिएको बताउनुभएको छ । उहाँकाअनुसार ठेक्का अन्त्यपछिको परिणामलाई सरकारले समेत हेरेको छैन । रुग्ण रहेको ठेक्कालाई अन्त्य गर्दै गर्दा सरकारले रुग्ण ठेक्काको कारण पहिचान गर्नुपर्छ । ठेक्का अन्त्य गर्दा सरकारले कारण पहिचान गर्न जरुरी रहेको बताउनु भयो । साथै त्यसको जिम्मेवार को हो ? कम्पनी कत्तिको जिम्मेवार छ भन्नेकुराको हेक्का राख्नुपर्ने बताउनु भयो ।
न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै अध्यक्ष सिंहलले भन्नुभयो–‘सरकारले रुग्ण रहेका ठेक्का अन्त्य गर्दाखेरी सरकारले कारण पहिचान गर्नुप¥यो । कारण पहिचान गर्दैगर्दा रुग्ण ठेक्कालाई सो अवस्थामा पु¥याउन कोको जिम्मेवार छन्, पहिचान हुनुप¥यो । निर्माण कम्पनी कत्तिको जिम्मेवार छ, सरकारका कर्मचारी कत्तिको जिम्मेवार छन्, र सरकार स्वयम कत्तिको जिम्मेवार छ, हामीसँग गरेको साढे ६ खर्बका योजनाहरुको जुन सम्झौता छ, त्यो सम्झौताअनुसारको काम गर्नका लागि स्रोतको आधारहरु तयार भएका छैनन् । लामो समयदेखि हामीसँग जुन सम्झौता भएको थियो । ती योजनाहरुमा सरकारले सम्झौता गरेर आफ्नै कारणले ती योजनालाई रुग्ण बनाएको छ ।’
सरकारले आफैँ आयोजनाहरुलाई रुग्ण बनाएको भन्दै सिंहले त्यस्तो कार्यगर्नेहरुलाई कारबाही गर्नुपर्ने बताउनु भयो । पछिल्लो समय सरकारले योजनाहरुमा सम्झौता गर्ने तर पर्याप्त बजेट नछुट्याउँदा आयोजनाहरु प्रभावित भइरहेको सिंहको भनाइ रहेको छ । –न्युज एजेन्सी नेपाल