तिहार सकिएलगत्तै भक्तपुरका किसान धानबाली भित्र्याउने चटारोमा छन् ।
शुक्रवार दिउँसो भक्तपुरस्थित ठिमी बोडेको धानबारीमा भेटिएका उनीहरुले आफूहरु बाली भित्र्याउने काममा व्यस्त रहेको बताएका हुन् । ठिमीकी सुनिता कोजुले खेतीबाली भित्र्याउने काममा आफूहरु व्यस्त रहेको बताउनु भयो । उहाँले सरकारले किसानहरुलाई खेतीवालीका लागि मल र बीउ सहज ढंगले उपलब्ध गराउन नसकेको गुनासो गर्नुभयो ।
सुनिता कोजुले भन्नुभयो, ‘अब खेती गर्नका लागि मलको भाउ कम हुनुप¥यो । मल, विउको समयमै व्यवस्था हुनुप¥यो । त्यसो भयो भने मात्रै खेती गर्न सहज हुन्छ ।’
यता बोडेका रामसुन्दर माखुले खेतीबालीका लागि मलको अभाव हुने गरेको गुनासो गर्नुभयो । उहाँले धानवाली भक्तपुरमा राम्रो हुने भएपनि मल र विउको अभावमा सोचेजस्तो उत्पादन गर्न आफूहरु सक्षम नभएको पनि बताउनु भयो ।
माखुले भन्नुभयो,‘यो दशैं अगाडि धान काटन शुरु हुन्छ । त्यही बेलादेखि आलु रोप्ने काम पनि शुरु हुन्छ । धानबालीको हेरचाह हामी आफैँ गर्छौं । मल बेलामा पाइँदैन । पैसा तिरेर पनि मल नपाउने समस्या छ ।’
भक्तपुरमा जेठको अन्तिम सातादेखि धान रोप्ने काम शुरु हुन्छ । असोजको अन्त्यबाट भने सो बाली भित्र्याउने काम शुरु हुने स्थानीय किसानले बताए । बोडेका स्थानीय किसान माखुले खेतीबालीका लागि उन्नतस्तरको बीउबिजनको पनि अभाव रहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल