गौरिघाटमा छठ पर्वको तयारी शुरु

.

काठमाडौंको गौरीघाटमा मैथिली समुदायले मनाउनले छठ पर्वको तयारी शुरु भएको छ ।

छठ पर्वका लागि गौरीघाट नदी किनारामा सरसफाई तथा सजावटको कार्य शुरु भएको छ । वागमती नदीमा रहेका पोलहरुमा प्रकाशको लागि लाइट जडान, सजावट लगायतका कार्य थालिएको हो । विशेष गरी तराई क्षेत्रमा मनाइने छठ पर्व पछिल्लो समय देशका धेरै क्षेत्रमा मनाउने गरिएको छ । सूर्यदेवको उपासना गरी यो पर्व मनाइने गरिन्छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पनि छठपर्वको तयारी भइरहेको छ । मैथिल समुदायले पारिवारिक सुख समृद्धिको कामना गर्दै श्रद्धापूर्वक छठ पर्व मनाउने गरेका छन् । यस वर्ष कात्तिक १० गते छठ पर्व मनाइँदै छ ।—न्युज एजेन्सी नेपाल