काठमाडौं – खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले इक्रा नेपाल लिमिटेडबाट इक्राएनपी–आईआर बीबी माइनस निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ ।
इक्रा नेपालले उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयता सम्बन्धी रायमात्र भएको र यो कुनै खास विशेषको राय नभएको जनाएको छ ।
कम्पनीले सर्वसाधारणा शेयर निष्कासन लगि इक्रा नेपालमा रेटिङ गराएको हो । कम्पनीले यसअघि नै आइपीओ निष्कासन गर्न शेयर निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरिसकेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा १ करोड ३२ लाख बराबरको १ लाख ३२ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।