जनता समाजवादी पार्टी, नेपालको घोषणापत्र सार्वजनिक

.

काठमाडौं-बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जनता समाजवादी पार्टी, नेपालले घोषणापत्र सार्वजनिक गरेको छ ।

 

 

आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरिएको हो । घोषणापत्रको सार्वजनिक पार्टीका पार्टीका अध्यक्षद्वय डा.बाबुराम भट्टराई र उपेन्द्र यादव, वरिष्ठ नेता अशोक कुमार राई, नेताहरु महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ, हिसिला यमी, प्रकाश अधिकारी र दुर्गा सोबले संयुक्त रुपमा गर्नुभएको थियो ।

 

घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले स्थानीय तह निर्वाचनमार्फत् लोकतन्त्रलाई सही अर्थमा जनताको घर दैलोमा पु¥याउनु आफ्नो पार्टीको मुख्य ध्येय भएको बताउनुभयो । स्थानीय तहलाई टोल–टोलसम्म जनताको सहभागितामा सञ्चालन गर्ने उहाँले उल्लेख गर्नुभयो ।

 

लोकतन्त्रलाई समावेशी, समानुपातिक र सहभागितामूलक बनाउन आफ्नो पार्टीको प्रयास रहने उहाँले बताउनुभयो । सार्वजनिक शिक्षालाई निजी शिक्षा भन्दा उन्नत बनाउने, सामाजिक सुरक्षा भत्ता घरघर सम्म पु¥याउने, पालिकाहरुले भू–उपयोग योजना बनाएर मात्रै बस्ती बनाउन सक्ने लगायतका योजनाहरु पार्टीको घोषणापत्रमा रहेको उहाँले जानकारी दिनुभयो ।

News Agency Nepal