एमालेबाट ललितपुरको मेयरमा हरिकृष्ण र उपमेयरमा मञ्जलीको उम्मेदवारी

.

काठमाडौं – नेकपा एमालेबाट ललितपुर महानगरपालिकाको मेयर उम्मेदवार हरिकृष्ण व्यञ्जनकार र उपमेयरकी उम्मेदवार मञ्जली शाक्यले मनोनयन दर्ता गराएका छन् । सोमबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार दर्ता गराएका हुन् ।

 

 

उम्मेदवारी दर्ता गराउँदै व्यञ्जनकारले अघिल्लो चुनावमा मतगणनामा धाँधली गरेर थोरै मतले हराइएको भएपछि यसपटक आफूले जित्ने दाबी गरे ।

 

 

उम्मेदवारी दर्ताअघि मेयर र उपमेयरका उम्मेदवारले शताब्दी पुरुष सत्यमोहन जोशी र ललितपुरका ज्येष्ठ कम्युनिस्ट सिद्धिलाल सिंह तथा स्नेतहलता श्रेष्ठलाई भेटेर आशीर्वाद लिएका थिए ।