नेपालमा थप १० हजार ७०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ३ जनाको मृत्यु

.

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार ७०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १८ हजार ६१८  र एन्टिजेन विधिबाट ४ हजार ४७४ जनामा परिक्षण गर्दा १० हजार ७०३ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै, आज थप ७६६ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ३ को मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६३५ छ ।

No photo description available.