काठमाडौं -नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्तरी प्रतिशतभन्दा बढि नयाँ मतदाताहरु आफ्नो पार्टीको पक्षमा उभिने दावी गर्नु भएको छ ।
महासचिव पोखरेलले पार्टी अध्यक्ष केपी ओलीको राष्ट्र निर्माणको भिजनबाट धेरैजसो नयाँ मतदाताहरु आफ्नो पार्टीको पक्षमा उभिने अवस्था आएको तर्क समेत गर्नु भयो । स्थानीय तह निर्वाचनलाई केन्द्रित भएर पार्टीको सम्पर्क समन्वय कमिटीले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले ओलीको राष्ट्र निर्माणको भिजनले छोएकै कारण मतदाताहरुले ‘आई लभ यू केपी बा’ भन्ने गरेको बताउनु भयो ।
अव आउने स्थानीय निर्वाचनसहितका तीन वटै तहको निर्वाचनबाट आफ्नो पार्टीले सरकार बनाउने समेत महासचिव पोखरेलले दोहो¥याउनु भयो । उहाँले भन्नु भयो, ‘करिव ३५÷३६ लाख नयाँ मतदाताहरु थपिएका छन । नयाँ मतदाताहरुका बीचमा एउटा सर्वेक्षण ग¥यौं हामीले । त्यो सर्वेक्षणको नतिजा के आयो त भन्दाखेरी करिव ७० प्रतिशत नयाँ मतदाताहरु नेकपा एमालेप्रति झुकाव राख्ने मतदाताको रुपमा प्रकट भएको छ । र, वास्तवमा भन्नुहुन्छ भने हाम्रो पार्टी अध्यक्षको राष्ट्र निर्माणको सन्दर्भमा जुन प्रकारका भिजनहरु प्रस्तुत गर्नु भएको छ ।
त्यसले सबभन्दा धेरै कसलाई छोएको छ भन्दाखेरी नयाँ मतदाताहरुलाई छोएको छ । ‘आई लभ यू केपी बा’ भन्ने कुरा त्यसै प्रकट भएको भावना होईन । राष्ट्र निर्माणको भावनाको रुपमा हाम्रो अध्यक्षमाथिको सम्मानको रुपमा प्रकट भएको छ भन्ने कुरा हामीले बुझ्न जरुरी छ ।’