योजना नभएका बर्दिबासका उम्मेदवारहरु

.

महोत्तरी –बर्दिबास नगरपालिकाका प्रत्यासी उम्मेदवार बिहिवार एउटै मंचमा देखिए ।

 

नगरलाइ समृद्ध बनाउने प्रतिबद्धता जनाएका दलका उम्मेदवार  र स्वतन्त्रवाट उम्मेदवार दिएका उम्मेदवारहरु एउटै मंचमा देखिदा दर्शक दिर्घामा पत्रकारकाभन्दा पनि सर्वसाधारण र उम्मेदवारका आफ-आफ्ना समर्थकहरुका प्रश्नहरुले हल नै प्रश्नमय बन्यो ।
सर्वसाधारणभन्दा पनि कार्यकर्ता र स्वतन्त्र उम्मेदवारका समर्थकले भरिएको हलमा चुनावी माहोल वनाउने उदेश्यले विशेषगरि माओवादी केन्द्रलाइ प्रश्न नै प्रश्न गरियो ।

 

 

नगरमा मुख्य प्रतिस्पर्धीकोरुपमा रहेको माओवादी केन्द्रका उम्मेदवार राजु खडकालाइ कार्यक्रमको आकर्षक वनाइयो । प्राइम टेलिभिजनले आयोजना गरेको उक्त कार्यक्रममा राजु खडकामाथी थोपरिएका प्रश्नहरुको उत्तर सहज ढङगले मात्र दिएनन अन्य उम्मेदवारको भन्दा फरक योजना सुनाए ।

 

 

प्रस्तोताले बर्दिबासलाइ समृद्ध बनाउन बनाएका एजेण्डाका बिषयमा जब उम्मेदवारलाइ सोध्न लागे तब कतिपय उम्मेदवार अकमकिए जस्ले गर्दा सहभागीहरुले उम्मेदवारको क्षमतालाइ राम्रोसँग मुल्यांकन गर्न भ्याए । कतिपय सहभागीले बोल्न नजान्ने उम्मेदवार लक्षित गर्दै  उन्को काम छैन भन्दै टिक्काटिपणी गरेको पनि सुनियो ।

 

 

नेपाली काङ्ग्रेसवाट चिरञ्जीवी हमाल, माओवादी केन्द्रवाट राजु खडका, नेकपा एसवाट भिम आले, राप्रपा नेपालवाट हर्क गुरुङ, नेकपा एमालेवाट टेक वहादुर बलाम्पाकीमगर, लोसपावाट चेत वहादुर थापा र स्वतन्त्रवाट प्रल्हाद क्षेत्री र रुद्र सुस्लिङ्ग मगर छलफलमा सहभागी वनेका थिए ।

 

 

धेरैजसो क्षेत्री पक्षधरहरु थिए प्र्श्न गर्नेहरु पनि उनैका समर्थक थिए । निर्वाचनको माहोल वनाउन मुख्य प्रतिस्पर्धी ठानेका क्षेत्रीका समर्थकहरुले गरेका प्रश्नहरुले अन्ततः खडकालाइ नै फाइदा पुगेको बिश्लेशकहरुले वताए ।

 

क्षेत्रीलाइ फाइदा पुग्ने उदेश्यले समर्थकहरुले खडकालाई प्रश्न गरिरहदा खडकाले सफाइ दिने मौका मात्र पाएनन बर्दिबासलाइ समृद्ध बनाउन भब्य योजना समेत सुनाउन भ्याए ।

 

नेपाली काङ्ग्रेसवाट बिद्रोह गरेर वागी उम्मेदवार वनेका प्रल्हाद क्षेत्री पक्षधरले चिरञ्जीवी हमाललाइ गाली गर्न समेत भ्याए । हमालले प्रश्नको जवाफ दिदै टिकटको आधिकारिक कस्को हो भन्ने बुझेर मात्र टिप्पणी गर्न सुझाव दिइरहेका थिए ।

 

मनोनयनको दिन हमाल र क्षेत्रीलाइ टिकट एकसाथ आएपछी क्षेत्री पक्षले बिद्रोह गर्दै स्वतन्त्र प्यानल नै दर्ता गराएका थिए ।

 

टिकटको आधिकारिकताका बिषयमा हमाललाइ केन्द्रले आधिकारिक पुष्टि गरेको थियो भने क्षेत्रीको  प्रदेशले आधिकारिक भएको पुष्टि गरेको थियो ।

 

गौतम होटलको हलमा भएको उक्त कार्यक्रममा सहभागीहरुले अन्य उम्मेदवारको कुरा नसुन्ने र आफ्ना उम्मेदवारले बोल्दा ताली पडकाउदै केही क्षण हललाइ असान्त समेत बनाए ।

 

सवै प्रत्यासी उम्मेदवारहरुले आफ्ना योजना सुनाइरहदा दर्शकहरुले नया योजना कसैको पनि सुन्न पाएनन । न नेकपा एमालेका उम्मेदवार टेक वहादुर बलाम्पाकीले फुराएका योजना आकर्षक थिए नत अन्य उम्मेदवारको नै ।

 

कोहीपनी उम्मेदवारले नगरमा मौलाइरहेको गलत संस्कारको उन्मुलन गर्न मेरा यस्ता योजना छन भनेर ब्यक्त गर्ने हिम्मत नै गर्न सकेनन ।

 

लागुपदार्थको हटस्पट बन्दै गएको बर्दिबासलाइ दुर्व्यसन मुक्त वनाउन एमाले र माओवादीका उम्मेदवार वाहेक कसैलेपनी प्रतिबद्धता ब्यक्त गरेनन ।

 

धेरैजसो प्रश्नहरु माओवादी केन्द्रका उम्मेदवार राजु खडका समक्ष थुपरिदा धेरैजसो समय खडकाले वाहेक अन्य उम्मेदवारले खासै बोल्न पाएनन ।

 

भ्रष्टाचारलाई निमिट्यान्न बनाउने देखि सुन्दर समाजको निर्माण गर्ने र स्थानिय स्रोत साधनको यथेष्ट प्रयोग गरि बर्दिबासलाइ उचाइमा पुर्‍याउने माओवादी केन्द्रका राजु खडकाले बोलेतापनी स्वरोजगार र रोजगार सिर्जनामा सवै उम्मेदवारहरुको योजना सुन्न पाइएन ।

 

बैदेशिक रोजगारलाइ रोकेर नगरभित्र नै रोजगारका अवसर सिर्जना गर्ने उम्मेदवारहरुका योजना सुन्न नपाउदा कार्यक्रम थप खल्लो महसुस भएको सहभागीहरुले वताए ।

 

अन्त्यमा सवै उम्मेदवारहरुले भ्रष्टाचार नगर्ने प्रतिज्ञा गर्दै कार्यक्रम समापन भएको थियो ।

विशाल बस्नेत/न्युज कारखाना