सामाजिक सञ्जालमा दल र उम्मेदवारलक्षित दुष्प्रचार नगर्न आयोगको चेतावनी

.

काठमाडौं- निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारप्रति लक्षितगरी मिथ्या सूचना, दुष्प्रचार र द्धेषपूर्ण अभिव्यक्ति दिने गरी कुनै पनि सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई कडा चेतावनी दिएको छ ।

 

आयोगले आईतबार अपरान्ह विशेष पत्रकार सम्मेलन गरी स्थानीय तह निर्वाचनको स्वच्छता, स्वतन्त्रता र गरिमामाथि नै आँच आउने गरी सो कार्य भईरहेको भन्दै तत्काल रोक्न सामाजिक प्रयोगकर्ताहरुलाई सचेत गराएको हो । सो कार्य तत्काल नरोके निर्वाचन ऐन २०७३ को दफा २३ निर्वाचन कसुर तथा सजाय ऐन २०७३ र प्रचलित कानुन बमोजिम सामाजिक सञ्जाल प्रयोग कर्ताहरुलाई कारबाही हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनु भयो । उहाँले भन्नु भयो, ‘स्थानीय तह निर्वाचन स्थानीय तह सदस्य निर्वाचन २०७९ मा उम्मेदवारको मनोनयन गराउन भएका उम्मेदवार तथा राजनीतिक दलप्रति लक्षित गरी मिथ्या सूचना, दुस्प्रचार, द्धेषपूर्ण अभिव्यक्ति सामाजिक सञ्जालमा पोष्ट भईरहेको र यस्ता गलत, भ्रामक, चरित्र हत्या हुने, व्यक्तिगत लान्छना लगाउने, मानहानी हुने वा यस्तै प्रकृतिका निर्वाचनलाई प्रत्यक्ष रुपमा प्रभाव पार्ने कुसामग्री सामाजिक सञ्जालमा पोष्ट हुँदा निर्वाचनको स्वच्छता, स्वतन्त्रता र गरिमामा समेत आँच पुग्न सक्ने भएकाले यस्ता प्रकृतिका कार्य कुनै पनि हालतमा नगर्न, नगराउन सबैमा आयोगले कडा चेतावनी दिन्छ ।

 

निर्वाचन आचारसंहिता २०७८ को परिच्छेद २ अन्तरगत सबैले पालना गर्नुपर्ने आचरणमा सामाजिक सञ्जालको प्रयोग र दफा ५ को २२ को ज मा भएको प्रावधान विपरित गरिएका यस्ता गलत कार्य तत्काल गर्न सम्बन्धित सबैमा ध्यानाकर्षण गराउँदै आचारसंहिता विपरित सामाजिक सञ्जालको प्रयोग गरेको पाईएमा निर्वाचन आयोग ऐन २०७३ को दफा २३ निर्वाचन कसुर तथा सजाय ऐन २०७३ तथा प्रचलित कानुन बमोजिम कारबाही गर्ने व्यहोरा समेत जानकारी गराईन्छ । साथै निर्वाचन आयोगबाट स्विकृति व्यवस्थापनमा सामाजिक सञ्जाल उपयोग सम्बन्धि नीति २०७७ को निर्वाचन सम्बन्धि सूचना भरपर्दो, मितव्ययी, गुणस्तरीय र पहुँचयोग्य बनाई सामाजिक सञ्जालको उपयोग नियमनलाई प्रभावकारी बनाउने उद्देश्यलाई कार्यान्वयन गर्न आयोगबाट देहाय बमोजिम निर्णय गरि कार्यान्वयन गरिएको छ ।’

News Agency Nepal