चिकित्सक संघद्वारा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेशको स्वागत

.

काठमाडौं- स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७९ को नेपाल चिकित्सक संघले स्वागत गरेको छ ।

 

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै सरकारले संघसँगको सम्झौता बमोजिम नेपालमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ को (पहिलो संशोधन) अध्यादेश २०७९ जारी गरेको भन्दै स्वागत गरेको हो । संघले अध्यादेशले स्वास्थ्य संस्थामा आगजनी गर्ने,स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पु¥याउने तथा स्वास्थ्यकमी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रुपमा चोट पु¥याएमा तत्काल कारबाही गर्ने व्यवस्था थप गरेको छ ।

 

उक्त व्यवस्थाले चिकित्सक तथा स्वस्थ्यकर्मी वा स्वास्थ्य संस्थामाथि हुने गैरमानवीय कार्य पुर्णरुपमा निषेध हुने संघले विस्वास लिएको बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष डा. लोकचन कार्कीले लामो समय देखि सरकारलाई स्वास्थ्यकर्मीको जीवन सुरक्षाको लागि माग गरिएको कानून ठिलै भए पनि ल्याएको बताउनु भयो । उहाँले यो भन्दा अघि पनि यस्तो अध्यादेश आएको थियो तर संघले माग गरेको जस्तो अध्यादेश आएको थिएन अहिले आएको अध्यादेशले भने संघको संवेदनशिल मागलाई ब’झेर अध्यादेश आएकोमा सरकारलाई धन्यावाद दिनु भयो । अध्यक्ष कार्कीले सरकारले जारी गरेको अध्यादेशले स्वास्थ्यकर्मीहरुले निर्धक भएर काम गर्ने मनोवल बढाएको बताउनु भयो । उहाँले अब सरकारले अध्यादेशलाई ६ महिनासम्ममा संसदबाट ऐनको रुपमा पारित गर्ने विस्वास रहेको बताउनु भयो ।

News Agency Nepal