महाराजगन्ज नगरपालिकाकाे उपमेयर पदका उम्मेदवारको मृत्यु

.

कपिलवस्तु – कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको उपमेयर पदका उम्मेदवार शुभावती कुर्मीको मृत्यु भएको छ ।

 

 

नगरपालिकाका निवर्तमान उपमेयरसमेत रहेकी कुर्मी नेपाली काँग्रेसबाट पुनःउम्मेदवार भएकी थिइन । गए राती श्वास प्रश्वासमा असहज भए पछि उपचारको लागि उनलाई कपिलवस्तु अस्पताल तौलिहवा लगिएको थियो ।

 

 

उपचारको क्रममा राति १ बजे निधन भएको स्थानीय व्रिजेश यादवले बताए । उनकाे हृदयघातको कारण मृत्यु भएको बताइएको छ । मृतक कुर्मीको शवको आजै दाह संस्कार गरिने तयारी गरिएको छ ।