नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित हुनुभएको छ ।
आज भएको निर्वाचनबाट उहाँ निर्वाचित हुनुभएको हो । महासंघको निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणामअनुसार वैद्यले ५६ मत प्राप्त गर्दै विजय हासिल गर्नुभयो । उहाँका प्रतिष्पर्धी रामचन्द्र सांघईले ३० मत प्राप्त गर्नुभयो । त्यसैगरी, महासंघको कोषाध्यक्ष पदमा मनिषलाल प्रधान विजयी हुनुभयो । प्रधानले ६१ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी अम्बिकाप्रसाद पौडेलले २५ मत प्राप्त गर्नुभयो । –न्युज एजेन्सी नेपाल