वीरगञ्ज महानगरमा राजेशमान सिंह निर्वाचित

.

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा)का नेता राजेशमान सिंह निर्वाचित भएका छन् ।

 

 

नेकपा एमाले-लोसपा गठबन्धनका उम्मेदवार निवर्तमान मेयर विजयकुमार सरावगीलाई हराउँदै सत्ता गठबन्धनबाट साझा उम्मेदवार सिंह विजयी भएका हुन् । जसपाका सिंहले ४६ हजार २१५ मत ल्याउँदा एमालेका सरावगीले २३ हजार ६ सय ७१ मत मात्र प्राप्त गरेका छन् । जहाँ २२ हजार ५ सय ४४ मतान्तर रहेको छ ।

 

 

२०७४ मा सरावगी तत्कालीन सङ्‍घीय समाजवादी फोरम नेपालबाट निर्वाचित भएका थिए । तर स्थानीय तह निर्वाचनअघि उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले एक हातले टीका लगाउँदै स्वागत गरे भने अर्को हातले प्रमुख पदको उम्मेदवारको टिकट दिए ।

 

 

सिंह भने तत्कालीन राष्ट्रिय जनता पार्टीबाट २०७४ मा उम्मेदवार थिए । त्यसबेला उनी तेस्रो भएका थिए । यसपटक भने पहिले जितेका सरावगीलाई पाखा लगाउँदै सिंह निर्वाचित भएका हुन् ।

 

 

उपमेयरमा पनि सत्ता गठबन्धनबाट उम्मेदवार कांग्रेसका नेता इम्तियाज आलम विजयी भएका छन् । उनले ३० हजार ७८ मत ल्याएका छन्। एमाले-लोसपा गठबन्धनकी उम्मेदवार लोसपा नेता पुरूषोत्तम लाल झाले नौ हजार ५६८ मत मात्र ल्याइन् ।