एउटै मञ्चबाट २० कृति विमोचन

.

लेखक तथा साहित्यकार खुशीराम डौलियाद्वारा लिखित १८ सहित २० वटा कृति एकै पटक विमोचन गरिएको छ ।
आईतवार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा विभिन्न विधाका २० वटा कृति एकै पटक विमोचन गरिएको हो । कार्यक्रममा डौलियाका १८ र अनन्तविजय डौलिया र विष्णु गुरुङ (प्यासी)का एक–एक कृति गरी कुल २० वटा पुस्तक सार्वजनिक गरिएको हो । सार्वजवनिक गरिएका कृतिहरुमा  कविता, कथा, नियात्रा, उपन्यास र जीवनीलगायत रहेका छन् । साहित्यकार डौलियाका विमोचन गरिएका कृतिमा सुगन्ध (कथा संग्रह), हलेसी देखि मुक्तिनाथ (यात्रा संस्मरण), बाध्यता (सामाजिक उपन्यास), बस्तीभित्रका हस्तीहरू (संक्षिप्त जीवनी), पर्खालभित्र (कविता संग्रह), अन्तरमनका आवाज धुन (कविता संग्रह), जीवनको परिभाषा (कविता संग्रह) रहेका छन् । यस्तै, अन्त्यहीन यात्रा, प्रशान्तका छाल, अन्तिम सङ्कल्प, बाटो भुलेको यात्री, मौन आकाश, अस्तित्व, उज्यालोको खोजी, रित्तो सहर, उपहार, सम्बन्ध र जलेको मन (कविता संग्रह) रहेका छन् । यसैगरी, अनन्तविजय डौलियाको बालसाहित्य दोस्ती र विष्णु गुरुङ (प्यासी)को कवितासंग्रह बनपाखाका फूलहरू रहेका छन् । कृतिहरुको संयुक्त राष्ट्रसंघका पूर्वराजदुत प्राध्यापक डा. जयराज आचार्य लगायतले विमोचन गर्नुभयो । पुस्तक विमोचन कार्यक्रममा बोल्दै साहित्यकार डौलियाले विभिन्न विधाका कृतिहरुमार्फत नेपाली समाज र संस्कृतिको चित्रण गरिएको बताउनु भयो ।
बाइट…खुशीराम डौलिया लेखक एवं साहित्यकार
उहाँले आफूले लेखेका कृतिहरुको संख्या २९ पुगेपनि साहित्य क्षेत्रमा सिक्ने क्रम जारी नै रहेको बताउनु भयो । उहाँले आफूलाई लेखनको यात्रामा सहयोग गर्नुहुने सबैप्रति धन्यावाद ज्ञापन गर्नुभयो । –न्युज एजेन्सी नेपाल