सरकारले निजी क्षेत्रका प्रतिनिधिलाई अपराधी सरह व्यवहार गरिरहेको छः सभापति थापा

.

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारले निजी क्षेत्रका प्रतिनिधिलाई अपराधी सरह व्यवहार गरिरहेको आरोप लगाउनुभएकको छ ।
आईतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो आरोप लगाउनुभएको हो । उहाँले आर्थिक अपराधविरुद्ध सरकारले कानूनी ढंगले अघि बढाएको कारबाही प्रक्रियामा पार्टीको पूर्ण समर्थन भएपनि निजी क्षेत्रका प्रतिनिधि सबैलाई ठग जस्तो व्यवहार गरिएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले सुशासन र आर्थिक अपराधमा संलग्नलाई कारबाही गर्दा काँग्रेस व्यक्ति, नेता वा नातागोता नहेरी सरकारको समर्थन गर्ने समेत स्पष्ट पार्नुभयो । तर सरकारले अपनाएको कार्यशैलीका कारण निजी क्षेत्र त्रसित बनेको उहाँको आरोप छ । निर्माण व्यवसायी, बैंकरलगायत निजी क्षेत्रमा कार्यरत व्यक्तिलाई ठगीको दृष्टिले हेर्ने भाष्य निर्माण गरिएको भन्दै उहाँले यस्तो प्रवृत्तिले मुलुकको लगानी र उद्यमशीलतामा नकारात्मक असर पारेको टिप्पणी गर्नुभयो । उहाँले मुलुकमा भयको वातावरण सिर्जना भउकै कारण नयाँ व्यवसायहर शुरु गर्न कोही पनि तयार नरहेको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सरकारले जसरी आर्थिक अपराधमा कारबाही शुरु गरेको छ यसमा हाम्रो समर्थन छ । कानूनले चिनेको जुनसुकै कार्यमा हाम्रो साथ र समर्थन रहन्छ । यसमा हामी नेता, नाता हेर्दैनौँ । तर तर यसले जसरी व्यवहार बनाएको छ नि, निजी क्षेत्रमा काम गरेको मान्छे भनेपछि के भाष्य बनाएको छ भने यो ठग हो, यसलाई मैले थुन्ने हो, यसलाई मैले बाँध्ने हो चाहे त्यो निर्माण व्यवसायी होस् कि बैंकर होस् । अहिदले व्यापक भयको वातावरण बनाएको छ । सबै जना त्रसेको छ, सबैको सातो गएको छ । मलाई के लागिरहेको छ भन्दा कोही पनि नयाँ व्यवसाय शुरु गर्नेवाला छैन । अहिले हामीले केही नयाँ होटलहरु खुलिरहेको देखिरहेका छौँ । यो लामो समयदेखि प्रक्रियामा रहेका कुराहरु भइरहेका छन् । म त यो होस् भन्ने चाहन्छु । अहिले २० हजार छुट पाएको मान्छेले ३० हजारभन्दा बढी खर्च गर्नुपरेको छ । बअहिले न्यून, मध्यम, पूँजी पवरिचालन गर्न सक्ने क्षमाता भएको मान्छे कसैमा पनि कन्फिडेन्सको वातावरण बन्न सकिरहेको छैन । यसमा सरकारको कुनै चिन्ता पनि छैन । यदि सरकारमा यही प्रवृत्ति स्थायी भएर जाने हो भने अर्को पाँच वर्षमा हामीले धेरै थोक गुमाउनुपर्ने अवस्था आउनसक्छ ।’
सभापति थापाले सरकारले न्युन, मध्यम तथा पुँजी परिचालन गर्नसक्ने व्यक्ति कसैमा पनि आत्मविश्वास ल्याउन नसकेको टिप्पणी गर्नुभयो । –न्युज एजेन्सी नेपाल