काठमाडौं-राष्ट्रिय सभा सदस्य डा. वेदुराम भुसालले केपी ओली नेतृत्वको एमाले सरकार इतिहासमै नरहेको दाबी गर्नुभएको छ ।
बुधवार राष्ट्रिय सभामा सरकारले जेठ १५ गते प्रश्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सभामा केही सांसदहरुले केपी ओली नेतृत्वको एमालेको सरकार भनेकोप्रति टिप्पणी गर्दै उहाँले नेकपा एमालेको सरकार २०५१ सालमा मनमोहन अधिकारीको बाहेक अरु नभएको स्पष्ट पार्नुभयो ।
उहाँले मनमोहनको नेतृत्वको बाहेक एमालेका गठबन्धन बिनाका कुनै एकल सरकार नरहेको बताउनु भयो । उहाँले सरकारले प्रश्तुत गरेको बजेट गन्तव्य समातेको बजेट भएको बताउनु भयो । उहाँले अहिलेको बजेटलाई गलत भन्नु दृष्टिकोणहीन भएर गरिएको निर्णय भएको बताउनु भयो ।