राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा

.

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मुलुकको राजनीतिमा बढ्दो विकृति र त्यसबाट उत्पन्न नागरिक असन्तुष्टिलाई समयमै सम्बोधन गर्न नसके त्यसले विस्फोटको रूप लिनसक्ने चेतावनी दिनुभएको छ ।
मंगलवार काठमाडौंमा पार्टीका महामन्त्री गुरु घिमिरेद्वारा लिखित पुस्तक बुद्ध, वीपी र आजका नेता र लिलिपुटका लघुमानव विमोचन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक प्रणालीप्रति बढ्दो जनअसन्तुष्टिलाई सबैले गम्भीर रुपमा लिनुपर्ने बताउनु भयो । राजनीतिमा देखिएको विकृतिका कारण नागरिकमा बढ्दो निराशा चिर्न नेपाली काँग्रेस स्वयं अग्रसर हुनुपर्ने उहाँको भनाइ छ । सभापति थापाले गुरु घिमिरेका लेख र पुस्तकहरूले नागरिकको वास्तविक भावना र काँग्रेसमा तत्कालीन समयमा उठेको पार्टी रूपान्तरणको आवश्यकता उल्लेख गरिउको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘राजनीतिमा चरम विकृति छ र त्यो विकृतिले गर्दा नागरिकमा चरम असन्तुष्टि आइरहेको छ । त्यो असन्तुष्टिलाई समयमा नै सम्बोधन गरिएन भने विस्फोट हुन्छ । र यसलाई सम्बोधन गर्ने काम अन्य दलको मतलव भएन । हाम्रो पार्टी नेपाली काँग्रेसले गर्नुपर्छ । किनभने हामी यो पार्टीभित्र छौँ । गुरु घिमिले लेखेको सबै लेखहरु पनि सबै यही विषयको वरिपरि घुम्छ । विगतमा उहाँले नेपाली काँग्रेसको रुपान्तनरणको विषयमा लेख्नुभयो । उहाँले विगतमा ‘नेपाली काँग्रेसका युवाको उद्घोषः कि भिडौँ, कि छाडौँ’ । उहाँले जति पनि लेख्नुभयो तल्लो तहमा नागरिकले के  महशुस रिरहनुभएको छ भन्ने कुरा बुझ्नुभएको थियो ।’
उहाँले नागरिक तहसम्म पुग्दै नागरिकका समस्या समाधान गर्ने कुरामा अग्रसर हुन पार्टी कार्यकर्तालाई निर्देशन पनि दिनुभयो । –न्युज एजेन्सी नेपाल