प्रमुख निर्वाचन आयुक्त कार्की र आयुक्तद्वय वाग्ले र सुब्बाद्वारा शपथ ग्रहण

.

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।
बिहीवार प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माबाट उहाँले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको हो । त्यस्तै आयुक्तद्वय गुरु वाग्ले र डा. राजीव सुब्बाले पनि पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभयो । वाग्ले र सुब्बाले प्रमुख निर्वाचन आयुक्त कार्कीबाट शपथ ग्रहण गर्नुभएको हो । कार्की सर्वोच्च अदालतको रजिष्ट्रार पदमा कार्यरत रहैकै बखत संवैधानिक परिषदबाट प्रमुख आयुक्तमा सिफारिस भएका थिए । संसदीय सुनुवाई समितिबाट सर्वसम्मत अनुमोदन भएपछि कार्कीको सपथ गरिएको हो । प्रमुख निर्वाचन आयुक्त कार्की र आयुक्त द्वय वाग्ले र सुब्बाले आजै पदभार ग्रहण गर्नुहुने कार्यक्रम छ । बुधवार मात्रै संसदीय सुनुवाई समितिले तीन जनाकै नाम सर्वसम्मत अनुमोेदन गरेको थियो । –न्युज एजेन्सी नेपाल