राजसंस्था पुनः स्थापना असम्भव : कमल थापा

.

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपालमा राजसंस्था पुनः स्थापना असम्भव रहेको बताएका छन् ।

राप्रपा नेपाल गण्डकीले सोमबार पोखरामा गरेको पत्रकार सम्मेलनमा उनले राजतन्त्र पुनः स्थापनाको विषय नै सकिएको दाबी गरे।

राजाले दलहरुसँग छलफल र समन्वय गर्नुपर्नेमा दुरी बढाएको उनको आरोप छ । थापाले राजतन्त्र पुनः स्थापनाको एजेण्डा बोकेर कार्यकर्तालाई भ्रममा पार्ने र सपना देखाउनु अब बेइमानी नहुने बताए ।

राजतन्त्रका पक्षपाति राजनीतिक दललाई अहिले तत्कालै राजतन्त्रको एजेण्डा छोड्न समस्या भए पनि ढिलो चाँडो छोड्ने दाबी गर्नुभयो । थापाले राप्रपा नेपालको लोकतन्त्र र संविधानप्रतिको निष्ठा कायमै रहेको बताए ।