सामाजिक पूर्वाधारमा पनि लगानी गर्न नगर विकास कोषलाई मन्त्री चौधरीको निर्देशन

.

काठमाडौं – शहरी विकास मन्त्री मेटमणी चौधरीले नगर विकास कोषको स्थलगत भ्रमण गरेका छन ।

 

मन्त्री चौधरीले मन्त्रालयका नि ।सचिव पद्यकुमार मैनाली, सह–सचिव लगायतका पदाधिकारीसहित कोष कार्यालयमै पुगेर विविध विषयहरुमा जानकारी लिएका हुन् ।

 

कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाले मन्त्री चौधरीलाई कोषका कार्यक्रम र आगामी कार्यदिशाका सम्बन्धमा जानकारी गराएका थिए ।

मन्त्री चौधरीले कोषका कार्यक्रमहरुको विषयमा अन्तरक्रियात्मक रुपमा छफलफलका साथ कोषलाई व्यवसायिक आयोजनाहरुका साथै सामाजिक पूर्वाधारका आयोजनामा समेत लगानी गर्न सुझाव दिए ।

 

उनले लगानीमार्फत नगरपालिकाहरुको समृद्धिका लागि अझ सुदृढ र सबल संस्थाका रुपमा स्थापित हुन पनि निर्देशन दिएका छन ।

 

उनले कोषको पूँजी संरचना वृद्धि गरी प्रस्तावित शहरी पूर्वाधार विकास निगम ऐन कार्यान्वयनमा ल्याउन आफ्नोतर्फबाट महत्वपूर्ण पहल हुने जानकारी समेत दिए ।