दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड

.

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले देशको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृति परिस्थिति चुनौतिपूर्ण बन्दै गएको बताउनुभएको छ ।
शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा पार्टीको जागरण अभियानको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले सबै नेपालीले असहज परिस्थितिको सामना गरिरहेको बताउनु भयो । साथै विश्व परिस्थिति पनि सहन नरहेको भन्दै रुस–युक्रेन, इजरायल–प्यालेस्टाइन तथा इजरायल, अमेरिका र इरानबीचका युद्ध र युरोपका विभिन्न आन्दोलनले विश्वलाई प्रभावित पारिरहेका बताउनु भयो । दोस्रो विश्वयुद्धपछि संयुक्त राष्ट्रसंघको स्थापनासँगै निर्माण गर्न खोजिएको विश्व व्यवस्था कमजोर हुँदै गएको उहाँको दाबी छ । संयोजक दाहालले र नयाँ व्यवस्था स्थापित भइ नसकेको अवस्थामा विश्व राजनीति अहिले सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले हाम्रो देशको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक परिस्थिति सहज छैन । सम्पूर्ण नेपाली जनताले असहज परिस्थितिको सामना गरिरहेका छन् । अर्कोतर्फ, विश्व परिस्थिति पनि सहज छैन । रुस–युक्रेन, इजरायल–प्यालेस्टाइन तथा इजरायल, अमेरिका र इरानबीचका युद्ध र युरोपका विभिन्न आन्दोलनले विश्वलाई प्रभावित पारिरहेका छन् । दोस्रो विश्वयुद्धपछि संयुक्त राष्ट्रसंघको स्थापनासँगै निर्माण गर्न खोजिएको विश्व व्यवस्था कमजोर हुँदै गएको छ, तर नयाँ व्यवस्था स्थापित भइसकेको छैन । विश्व राजनीति अहिले सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ । यसको प्रभाव भू–राजनीतिमा पनि परेको छ । दुई ठूला छिमेकीबीच अवस्थित नेपालमा विश्व शक्तिहरूबीचको बढ्दो प्रतिष्पर्धा र भू–राजनीतिक परिवर्तनको प्रभाव परेको छ । त्यसैले नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन, बरु यसको प्रभाव अझ बढी महशुस गरिरहेको छ ।’
दुई ठूला छिमेकीबीच अवस्थित नेपालमा विश्व शक्तिहरूबीचको बढ्दो प्रतिष्पर्धा र भू–राजनीतिक परिवर्तनको प्रभाव परेको बताउनु भयो  । –न्युज एजेन्सी नेपाल