काठमाडौं – विगत ५० वर्षदेखि अलपत्र रहेको तीनकुनेको जग्गा संरक्षणमा उपत्यका विकास प्राधिकरणले चासो देखाएको छ । मुआब्जा विवादका कारण सरकारले अधिग्रहण गर्न नसकेको यो जग्गा संरक्षणका लागि पुनः एक पटक उपत्यका विकास प्राधिकरण तातिएको छ ।
सोमवार प्राधिकरणले सरोकारवालाहरुसँग छलफल गर्दै यसको समस्याको बारेमा जानकारी लिएको प्राधिकरणकी विकास आयुक्त जानुका ढकाल बताउछिन् ।
राजधानीको मुख्य भागमा रहेको यो जग्गामा सरकारले पटक पटक मुआब्जाका लागि प्रयास गरे पनि सफल हुन सकेको छैन । लामो समयदेखि बेवारिसे बन्दा पनि जग्गाको संरक्षणमा सरोकारवालाहरुको ध्यान पुगेको छैन ।
तीनकुने यत्रो वर्ष अलपत्र पर्नुको प्रमुख कारण मुआब्जा विवाद नै रहेको प्राधिकरणकी विकास आयुक्त ढकाल बताउछिन् ।