महासंघ अध्यक्ष पाण्डे नयाँ दिल्लीमा व्यवसायिक भेटघाटमा 

.

मंसिर ०६, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण टोलीमा सहभागी हुँदै नयाँ दिल्ली पुग्नु भएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डे व्यवसायिक भेटघाटमा सहभागी हुनु भएको छ । भारतीय व्यवसायीक टोलीसँग महासंघ अध्यक्ष पाण्डेले नेपालमा पूर्वाधार मैत्री ऐन कानून निर्माण भएको अवगत गराउँदै पूर्वाधार क्षेत्रमा लगानी गर्न अनुरोध गर्नु भएको छ । यसअघि आज विहान महासंघ अध्यक्ष पाण्डेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महासंघका वरिष्ठ उपाध्यक्ष रामजी पन्त ‘मुकेश’ सहितका महासंघका पदाधिकारी एवं कार्य समिति सदस्यहरू एवं महासंघ सचिवालयका कर्मचारीहरूले बिदाई गर्नु भएको थियो ।