नगर विकास कोषमा नयाँ सञ्चालक नियुक्त,सातै प्रदेशले पायो पुर्णता

.

काठमाण्डौं, पि.ढुंगाना \
नगर विकास कोषमा नयाँ सञ्चालक समिति आएको छ । नेपाल सरकार मन्त्रिपरिषदको निर्णयानुसार नगर विकास कोषमा नयाँ सञ्चालक समिति नियुक्त गरिएको हो । स्थानिय निर्वाचन २०७९ ले स्थानिय तहमा नयाँ सरकार आएपछि नगर विकासमा समेत नयाँ सञ्चालक आएका हुन ।

प्रदेश अनुसार आएको नेतृतवमा प्रदेश नं १ मा सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राई,मधेश प्रदेशमा वौधिमाई नगरपालिकाका नगर प्रमुख प्रदिप कुमार यादव,बाग्मती प्रदेशमा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिना कुमारी लामा,गण्डकी प्रदेशमा पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्य,लुम्विनी प्रदेशमा लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरी,कर्णाली प्रदेशमा कर्णनगर आठविसकोट नगरपालिका नगरपालिका उपप्रमुख धनकुमारी शाही,सूदुरपश्चिम प्रदेशमा लुम्कीचुहा नगरपालिका नगर प्रमुख सुशिला शाहीलाई मनोनयन गरिएको नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाले जानकारी दिनुभयो ।

नगर विकास कोषले नेपाल सरकार मन्त्रिपरिषदको यही मिति २०७९\ ३\ ३१ को निर्णयानुसार नगर विकास कोष ऐन, २०५३ को दफा १४ को उप दफा २ (घ) वमोजिम दुई २ वर्षे कार्यकालको लागि सञ्चालक समिति चयन भएकाे हो ।