उठन थाल्यो सिंहदरवारको फोहोर 

.

काठमाडौं – सर्वोच्चको आदेशपछि महानगरले आजदेखि सिंहदरबारको फोहोर उठाउन थालेको छ ।

 

तीन दिन भित्र सिंहदरबारको फोहोर उठाउन सर्वोच्च अदालतले दिएको आदेश प्राप्त भएको काठमाडौं महानगरका मेयर बालेन साहको भनाई लगत्तै महानगरपालिकाले फोहोर उठाउन थालेको हो ।

 

आज अपरान्हदेखि फोहोर उठाउन थालेको परिवर्तन सेवा कम्पनीले आजै सिंहदरबार क्षेत्रको फोहोर उठाइसक्ने बताएको छ । परिवर्तन सेवा प्रा.लिका मित्र प्रसाद घिमिरेले अनुसार बेलुका ८ बजे सम्म फोहोर उठाइसक्ने लक्ष्य रहेको जानकारी दिए ।

 

उनले भने ‘आजबाट मेयर साहबले फोहोर उठाउनु भन्ने निर्देशन गर्नु भयो र उहाँको फेसबुक पेजमा पनि अब सिंहदरवारको फोहोर उठ्छ भन्ने सूचना गर्नु भएको छ। त्यसैले अहिले आमी फोहोर उठाउँदै छौं । र यहाँको फोहोर बेलुका ८ बजे सम्म उठाई सकिन्छ । ’

 

महानगरले गत चैत २५ गतेबाट सिंहदरबारको फोहोर नउठाउन निजी कम्पनीलाई निर्देशन दिएसँगै सिहंदरबारको फोहोर उठ्न बन्द भएको थियो ।

 

सर्वोच्च अदालतले ३ दिनभित्र फोहोर उठाएर बिसर्जन गर्न काठमाडौं महानगरपालिकाको नाममा आदेश जारी गरेको थियो ।