क्रसर उद्योगीको सरकारलाई १२ दिने अल्टिमेटम

.

काठमाडौं – क्रसर, खानी तथा वालुवा उद्योगीहरुले आफ्ना उद्योग नविकरणका लागि सरकारलाई  दिने १२अल्टिमेटम दिएका छन् ।

 

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उद्योगीहरुले, २०८० असार १५ गते भित्र नविकरण गर्न मातहतका निकायहरुलाई लिखित स्पष्ट निर्देशन नभए असार १६ गतेदेखि देशभरका क्रसर, खानी तथा वालुवा उद्योगहरुको उत्पादन तथा विक्री वितरण कार्य ठप्प पार्ने चेतावनी दिएका हुन् ।

 

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सिताराम न्यौपानेले विगत १० वर्ष देखि नेपाल सरकारबाट जारी भएका अव्यवहारिक निर्णयहरुको कारण निरन्तर उद्योगहरुको नविकरण सम्बन्धी समस्या झेल्दै आएको भन्दै समस्या समाधानका लागि सरकार गम्भिर नभएको बताए ।

 

उनले भने ‘सरकारले हाम्रो कुरालाई सम्बोधन गरेको खण्डमा हामी सरकारसंग छलफल गछौं । सरकारसंग अभिभावकको भूमिका हामीले महशुस गरेका छौं । उहाँले निजी क्षेत्रका व्यवसायीहरुलाई परेको मर्का सम्बोधन गर्नपर्छ भन्दा सरकारले गरेको खण्डमा हामी सरकारसंग छलफल गर्न तयार छौं ।’
उनले आफूहरु दोहोरो कानूनको मारमा परेको समेत जिकिर गरे ।

 

भने ‘कच्चा पदार्थ र उद्योगको कानुन २ वटा छ । स्थानीय निकायको स्थानीय सरकारको कानुन अनुसार ढुङगा, बालुवा, गिट्टीको परिचालन हुन्छ । उद्योग मन्त्रालयको औद्योगीक नियम अनुसार हाम्रा उद्योगहरु सञ्चालन हुन्छ । त्यो उत्खनन्को विषय पनि हामी क्रसरमाथि जोडेर हामीलाई बद्नाम बनाउने काम गरिएको छ ।’