पूर्वी लिबियामा बाढीका कारण २ हजार बढीको मृत्यु

.

पूर्वी लिबियामा आईतवार आएको बाढीका कारण २ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । बाढीमा परी हजाराँै मानिसहरु बेपत्ता भएको लिबियाका प्रधानमन्त्री ओसामा हम्मादले बताउनुभएको हो । स्थानीय सञ्चारमाध्यमसँगको कुराकानीम हम्मादले धेरै मृत्यु बन्दरगाह शहर डेरनामा भएको बताउनु भयो । उहाँले देशभरका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई उद्धार कार्यमा सहयोग गर्न आग्रह गर्नुभएको छ । त्यस्तै उपप्रधानमन्त्री अली अल गात्रानीले अन्तर्राष्ट्रिय सहायताको लागि आह्वान गर्नुभयो । स्थानीय प्रशासनले मृतकको सम्झनामा तीन दिने शोक घोषणा गरेको छ ।