काठमाडौं – कागेश्वरी मनोहरा नगरपालिका काठमाडौं वडा नम्बर ६ महाकवी देवकोटा मेमोरियल माध्यमिक विद्यालयमा नेपाल स्काउट नेसनल ओपन स्काउट क्र्युको सकृयता तथा तिलगंगा आँखा प्रतिष्ठान महाकवि देवकोटा स्काउट ट्रुप र नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखा संयुक्त आयोजनामा सोमबार बृहत् नि: शुक्ल शल्यक्रिया सहितको आँखा परिक्षण शिविर , रक्तदान अंगदान ,तथा डेङ्गु सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा ३११ जनाले आफ्नो आँखाको परिक्षण गराएका थिए भने जस मध्ये ३३ जनाको आँखाको मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामीहरु रहेको र मंगलबार (आज) तिलगंगा आँखा प्रतिष्ठानमा शल्यक्रिया गर्ने व्यवस्था मिलाएको कार्यक्रमका संयोजक बिदुर गिरि जानकारी दिए । साथै कार्यक्रममा ३५ जनाले रक्तदान ४ जनाले अंगदानका साथै २ जनाले आँखादान समेत गरेका थिए ।

विगत देखि नै विविध संघ सस्थाहरुको सहकार्यमा आँखा शिविर रक्तदान जस्ता सामाजिक कार्य गर्दै आएको आगामी दिनमा समेत यस्ता कार्यक्रमहरुलाई निरन्तर रुपमा अघि बढाउदै जाने गिरिले प्रष्ट पारे ।
