२४ घण्टामा थप ६८० जनामा कोरोना संक्रमण, १८३५ जना निकाे भए

.

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ६८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पीसीआर विधिबाट ४ हजार २५६ र एन्टिजेन विधिबाट २ हजार ८३९ जनामा परिक्षण गर्दा ६८० जनामा कोरोना संक्रमण देखिएको हो ।

 

 

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७४ हजार ३९ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३७ हजार ८५९ जना पुगेको छ।

 

 

यस्तै, आज थप १ हजार ८३५ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ९ लाख ४२ हजार ७३७  जना पुगेको छ ।

 

 

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप २ को मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ९०२ छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ४०० रहेको छ ।