इजिप्टले गाजापट्टीको युद्धग्रस्त प्यालेस्टिनी एन्क्लेभमा २ लाख टन मानवीय सहायता पठाएको छ । इजिप्टका सामाजिक एकतामन्त्री निभिन एल–कबागले शुक्रवार यस्तो दाबी गर्नुभएको छ । मन्त्रीले इजिप्टको राजधानी कायरोमा रन फर गाजा म्याराथनमा भाग लिने क्रममा उक्त टिप्पणी गर्नुभयो । जसले गाजामा प्यालेस्टिनीहरूको लागि चन्दा उठाउन १० हजार सहभागीहरूलाई आकर्षित गरेको थियो । एल–कबागले रसद सेवाहरू व्यवस्थित गर्न, आपूर्ति श्रृंखला बिस्तार गर्न र लगभग ३७ देशहरूबाट प्राप्त सहायता भण्डारण गर्न इजिप्टियन रेड क्रिसेन्टको भुमिकाको प्रशंसा गर्नुभयो । लगभग २ लाख टन सहायता, गाजाका लागि प्रदान गरिएको कुल राहत आपूर्तिको ६० प्रतिशत हो ।
इजरायलले गत वर्ष अक्टोबर ७ देखि गाजामा हमास बिरुद्ध ठूलो सैन्य अभियान चलाउँदै आएको छ । दक्षिणी इजरायलमा आन्दोलनको हमलापछि लगभग १ हजार दुई सय जनाको मृत्यु भएको छ । इजरायली नाकाबन्दी र गाजाको बमबारीले अहिलेसम्म २८ हजार ७७५ प्यालेस्टाइनीको ज्यान लिइसकेको हमासको स्वास्थ्य मन्त्रालयले शुक्रवार जनाएको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
इजिप्टले गाजामा २ लाख टन मानवीय सहायता पठायो