सत्य निरुपण तथा मेलमिलाप आयोगमा ६३ हजार ७१८ वटा उजुरी, २,२६८ उजुरी तामेलीमा

.

सत्य निरुपण तथा मेलमिलाप आयोगमा ६३ हजार ७१८ वटा उजुरी परेका छन् ।

बिहीवार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आयोगका सचिव उदयराज सापकोटाले यसबारेमा जानकारी गराउनुभएको हो । उहाँकाअनुसार एउटै घटनाको उजुरीहरु धेरै छन् । एउटा घटनाको एक हजार, १० हजार, १५ हजार पनि उजुरीहरु पनि हुनसक्ने बताउनु भयो । उहाँले उजुरी भन्दा पनि घटनाका विषयहरुलाई हेरेर जानुपर्नेमा जोड दिनुभयो । उहाँले जिल्लाको तहमा हेर्दा सल्यानमा ५ हजार ५०२ वटा उजुरी परेको बताउनु भयो । उहाँले अछाम र कपिलवस्तुमा ४ हजार भन्दा बढी उजुरी परेको र ३ हजार भन्दा माथि उजुरी भएको जिल्ला एउटा र दुई हजार भन्दा माथि उजुरी भएका एउटा जिल्ला रहेको बताउनु भयो । उहाँले एक हजार माथि उजुरी भएका जिल्ला १३ वटा रहेको बताउनु भयो । उहाँले सामान्य प्रकृतिका उजुरीहरु बढि रहेको पनि बताउनु भयो । उहाँले अहिले २ हजार २६८ उजुरीहरु तामेलीमा राखेको र केही उजुरी पुनः जगाउन पाउँ भनेर निवेदन आएको अवस्था रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सार्वजनिक सुनुवाई र मेलमिलाप सबैभन्दा ठूलो कुरा हो । मेलमिलाप हुनसक्ने खालका घटनाहरु मेलमिलापकै रुपमा जानुपर्छ । किनभने दुवै पक्ष अहिले मेलमिलाप भएर जिल्लामा, गाउँमा बसिसकेको छ, त्यसलाई हामीले त्यो भन्दा बढी कसरी सुदृढ गरेर लैजानुपर्छ भन्ने छ । उजुरी संकलनको विधि हामीसँग ६३ हजार ७१८ वटा छन् । एउटै घटनाको उजुरी पनि थुप्रै छन् । व्यक्तिको एउटा एउटा पर्सन भएकाले उजुरीको संख्या बढी हुन्छ । एउटा घटनाको एक हजार, १० हजार, १५ हजार पनि उजुरी हुनसक्छ । उजुरी भन्दा पनि घटनाका विषयहरुलाई हामीले हेरेर जानुपर्छ । जिल्लावाइजको उजुरीमा जाँदा ५ हजार भन्दा बढी एउटै जिल्लामा पनि उजुरी भएको अवस्था छ, सल्यानमा ५ हजार भन्दा बढी उजुरी रहेका छन् । ५ हजार ५०२ वटा उजुरी छन् । अछाम र कपिलवस्तुमा ४ हजार भन्दा बढी उजुरी छन् । ३ हजार भन्दा माथि उजुरी भएको जिल्ला एउटा र दुई हजार भन्दा माथि उजुरी भएका एउटा छ । एक हजार माथि १३ वटा छन् । एक हजार भन्दा मुनिका अरु उजुरीहरु छन् । सामान्य प्रकृतिका उजुरीहरु धेरै भएका छन् । हामीले अहिले २ हजार २६८ उजुरीहरु तामेलीमा राखेका छाँै । केही तामेलीबाट पुनः जगाउन पाउँ भनेर निवेदन आएको छ । परिचय पत्र वितरण ६१८ वटा गरेका थियौँ ।’

उहाँले घटना किन भयो र त्यो घटना हुनुको पछिको तात्पर्य के हो भनेर हेर्न उजुरीहरुको निरुपण हुन जरुरी रहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल