टर्कीका अभियोजकहरूले मङ्गलवार २३ पूर्व र वर्तमान सेनाका कर्मचारीहरूलाई २०१६ मा एउटा कूको प्रयास गरेको आरोपमा पक्राउ वारेन्ट जारी गरेको छ । ड्युटीमा रहेका सैनिकहरू, पूर्व सैन्य विद्यालयका विद्यार्थीहरू र एक प्रहरी अधिकारीसहित १९ संदिग्धहरूलाई ११ प्रान्तहरूबाट पक्राउ गरी हिरासतमा लिइएको छ । अन्य ४ जना पक्राउ पर्न बाँकी छ । पश्चिमी प्रान्त इज्मिरमा मुख्य अभियोजकको कार्यालयले टर्की सेनामा रहेका नेटवर्कका सदस्यहरू विरुद्ध शुरु गरेको अनुसन्धानपछि एकैसाथ कारबाही भएको हो । बाँकी संदिग्धहरूको खोजि भइरहेको बताइएको छ । अमेरिकामा आधारित टर्की प्रचारक फेथुल्लाह गुलेनको नेतृत्वमा रहेको सञ्जाललाई टर्कीमा आतंकवादी संगठनको रूपमा सूचीवद्ध गरेको थियो । राज्यको कर्मचारीतन्त्र र सेनामा घुसपैठ गरेको र त्यसपछि जुलाइ १५, २०१६ मा एउटा कूको प्रयास गरेको आरोप लगाइएको थियो । सरकारले कूको प्रयासपछि सञ्जालसँग जोडिएका संदिग्धहरूमाथि व्यापक कारवाही शुरु गरेको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
टर्कीद्वारा कू को प्रयास गरेको आरोपमा २३ जना सैनिक पक्राउ गर्न वारेन्ट जारी