फिल्म हल, जिम हल र रात्रिकालीन व्यवसाय बन्द गर्ने सरकारको निर्णय

.

काठमाडौं – सरकारले कोभिड संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै माघ १५ गतेसम्मलाई मनोरन्जन क्षेत्र बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत्रलाई माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको बताए । साथै, रात्रिकालीन सबै प्रकारका व्यवसाय र जिम हलहरू बन्द गर्ने निर्णय भएको छ ।