कपाल काटेरै आफ्नो ब्यबसायलाइ छुट्टै याद दिलाएका सन्तोष

.

रेनु रोकाया,काठमाडौं  -हुन त काम भनेको सानो ठुलो के हुन्छ र? केही गर्छु भन्ने हेतु बोकेर कपाल काट्ने ब्यबसाय अंगालेर योग्य भइ उदाहरणीय पात्र बन्न पुगेका छ्न सप्तरी जिल्ला राजबिराज घर भइ भक्तपुर बस्दै आएका सन्तोष ठाकुर। २०६१ सालबाटै आफ्नै एकजना दाइले सुरुवात गर्दै गएको र आफू अलि ठूलो हुँदै गएपछि यसमा पनि रुचि लागेको उनी भन्छ्न।

 

ठाकुरले सोच्ने गर्थे होइन एकपटक वैदेशिक रोजगारीमा पनि जानु त पक्कै पर्ला तर फेरि एकमनले सोचे होइन पेशा भन्ने कुरा त न सानो न ठूलो म ब्यबसायलाई नै अगाडी बढाउन चाहन्छु भन्ने सोच र बिचार बोकेर आफ्नो बाटोमा लम्किएको बताउछ्न। पहिला गाउँमै सानो लगानीमा आफ्नो यहि व्यबसायलाइ अपनाएर पाइला अगाडी बढाउदै गरेका उनले आज आएर उक्त सैलुनलाई अझ ठूलो बनाइ झन अगाडी बढाएका छ्न। ठाकुर सानैदेखि नै कम बोल्ने तर अरुले गरेको कामलाई हेरेर त्यसलाइ व्यबहारमा उतार्ने गरेको बताउँछन। आफ्नो घर परिवारको जिम्मेवारलाई म आफैंले केही प्रेरणाको श्रोत समेत बनेर देखाउछु भनेर सन्तोष सप्तरीमा आफ्नो केही समय बिताएपछी काठमाडौं आए। काठमाडौ आएको केही लगत्तै उनले १७ बर्ष देखि यसलाई निरन्तरता दिदै आए। आफ्नो साथिहरु संग सिकेको केही समयबाटै यसले स्थानकरण समेत पायो।

 

“वैदेशिक रोजगारी नै सबैकुरा होइन”

 

आफुले केही गर्न सकिन तर पुजीको हल्का अभाव भएपनि सानोतिनो दुख र आलोचना त सहेर बस्न पनि सक्नुपर्छ तब जिन्दगीको एउटा सानो गोरेटोको बाटो पनि खुल्ला रहने ठाकुर बताउछ्न। मैले कम लगानीमा लिएको सानो टेबल र एना अनि आफ्नो हातको परिश्रमले धेरै कुरा सिके। सुरुसुरुमा अति नै कठिन परिस्थिति पनि आयो तर मैले म एक्लैले नै केही गर्छु भन्ने प्राबधान लिए। म्यानपावर कम्पनीको लापरबाही त्यहि हो , बढ्दो राजनीतिकरण , पुजीवादी सोच, यस्तै लिएर हिडेका ब्यक्तिलाई २ देखि ५ लाख सम्म दिनुभन्दा त त्यतिले आफ्नो राजा आफैं हुन पनि त पाइयो नि होइन र भन्दै मुस्कुराउदै ठाकुर जवाफ दिन्छ्न।

 

आफु भन्दा ठुलाले सिकाउदा १५ बर्षकै कलिलो उमेरमा मैले सप्तरीमै सबै सिक्दै गए। मैले त यो पनि बिश्वास गरेको थिइन कि काठमाडौ आएर पनि आफ्नो ब्यापारलाइ अलि ठूलो बनाउने र कम समयमै मानिसको मन पनि रुजाउने यी नै कुरा समेत रहेको ठाकुर बताउछन्। आज आएर महिनामा ठाकुरले दिनको २० हजार भन्दा बढी कमाउने गर्दछ्न। यो पेशालाइ थप निरन्तरता अझै दिएर ब्यक्तिसंग अगाडी बढ्दै गए भने भबिस्यमा गएर विभिन्न नयाँनयाँ तरिकाको हेयर स्टाइल साथै कटिङको समेत ब्यबस्था मिलाउने कुरा उनले बताए। पछिल्लो समयमा आएर अलि गाह्रो भएता पनि आफ्नो गाउँ तिर गएर पनि अरुलाइ प्रोत्साहन दिई थप आफ्नो अर्को शाखा समेत खोल्ने कुरा सन्तोष बताउछ्न। केहि समय यता त एकल प्रतिस्पर्धा गर्नुपर्दा साथै बस्ने ठाउँ पनि महँगो हुँदै जादा कताकता गार्हो परेको समेत हुने तर विभिन्न स्तरको नयाँ फेसन सहितको सामान जोडेर झन बिकाउदा अर्को मुनाफा समेत आउने सन्तोषको भनाइ छ।

 

यतै मात्र केन्द्रित नभइ अब त उतै गाउँमा पनि अर्को नयाँ थप कार्य गर्न मन छ किनभने त्यहा पनि म भन्दा सानो उमेरका भाइहरुलाइ सिपको ब्यबस्था साथै आत्मनिर्भरताको महत्व के हो त भन्ने बारेमा सिकाउन पनि मन छ। कसैको दबदबामा बसेर होइन अरुलाइ सत्प्रेरणा दिनु नै आफ्नो धर्म हो जस्ता यथावत कुरा ठाकुर बताउछ्न। यहि सोचले गर्दा होला अहिले उनले सप्तरीमा आफ्नै नयाँ घर समेत बनाउदै छ्न।