पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सरकारले विपक्षलाई निमिटयान्न पार्छु भन्नेतिर लाग्न नहुने बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आफू पावरमा आइयो भनेर अर्को पक्षलाई पूरै नास्तानामुद गराउनेतिर सरकार लाग्न हुने बताउनुभएको हो । पूर्वप्रधानमन्त्री कार्कीले प्रधानमन्त्री बालेन्द्र साह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुलाई विगतलाई हेरेर अघि बढ्न सुझाव समेत गर्नुभयो । सरकारमा आएका नवयुवाहरुले अघिल्लो कुराहरु मनन गरेर, हिष्ट्रीलाई मनन गरेर मुलुक चलाउँदा राम्रो हुने पूर्वप्रधानमन्त्री कार्कीको भनाई थियो । उहाँले सत्तारुढ दलका नेताहरुले आफूहरु पनि सधैं युवा रहँदैनौ भन्ने कुरालाई हेक्का राख्नुपर्ने बताउनु भयो । त्यसैगरी पूर्वप्रधानमन्त्री कार्कीले विपक्ष दलहरुले पनि सरकारको खुट्टा तान्ने प्रवृत्ति राम्रो नभएको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘अघिल्लो सत्तामा हुने अधिकांशले हार्नुभयो । नयाँ पार्टी स्थापित भयो । युवाहरु आए । संसदमा अहिले हे¥यो भने हामी जस्तोले हेर्दा अधिकांश सांसदहरु केटाकेटी जस्तो हाम्रा नजरमा हाम्रो छोरीहरु जस्तो, हाम्रा नातीहरु जस्ता आइपुगे । ठिक छ– योङ जेनेरेशनले माग्यो कि पब्लिकलाई भन्यो कि हामीेले पार्टी सिपेशन गर्न पाएनौ । हामीले केही गर्न पाउनु पर्छ भन्यो । त्यो आयो । अव जनताले दिएको भोटलाई त सम्मान गर्नुपर्छ सबैले । जनताले पनि त्यही चायो भने त सम्मान त गर्नुप¥यो । सम्मान गरिसकेपछि हामीले चल्न पनि दिनु प¥यो । मलाई एउटा कुरामा के लाग्छ भने–पोलिटिकल पार्टीहरुको बीच राइवलरी हुन्छ । एक आपसमा एकले अर्काको खोट देखाउँछन । नदेखाउने होइन । जहिले पनि सत्ताधारीको विरुद्धमा प्रतिपक्षले जहिले पनि आवाज उठाउँछ । उसले त्यसका त्रुटीहरु देखाईरहन्छ । तर सभ्य भाषामा भन्ने हो भने त्यो एउटा मार्ग निर्देशन हो । यो होइन कि जनताले मत दिएर आएको उसलाई त्यसको खुट्टा तानेर फालेर त्यसलाई ध्वस्त बनाएर त्यो गर्ने होइन । त्यो चाहीँ के हो भने जनताले चाहेको कुरालाई हामीले अघि बढन सम्मान गर्नलाई हामीले दिनु पर्दछ । तर बरु जो सत्तामा आउनु भएको छ । नव युवाहरु अहिले आएका छन । अव ३५ वर्ष, ३७ वर्षको प्राइममिनिष्टर, पार्टीका लिडरहरु जम्मै योङ छन । उनीहरुले पनि अघिल्लो कुराहरु मनन गर्नु प¥यो, हिष्ट्रीलाई मनन गर्नु प¥यो । मुलुक कसरी चल्दा हुन्छ, चलाउँदा हुन्छ ? आखिर उनीहरु पनि गएर एक दिन त त्यही स्टेजमा पुग्छन । पार्टीका लिडरहरु सधै जवान भएर त बस्दैनन । हिजो केपी ओलीजी हुनुभयो, शेरबहादुर देउवाहरु भए । अथवा प्रचण्डजी नै हुनु भयो । यी सबै आउँदाखेरी त योङनै थिएन नि आफना मोभमेन्टमा । यो त यस्तै हो, अनुभव हुँदै जान्छ गर्दै जानुपर्छ । र, अर्को कुरा आफू पावरमा आइयो भनेर अर्को पक्षलाई पूरै नास्तानामुद गराउँछु भन्नेतिर पनि लाग्नु हुँदैन । म एउटै कुराको के ईक्ज्याम्पल दिन्छु भने इन्टिरियम गोभरमेन्ट कसरी आफनो मिशनमा सफल भयो त ? यो कुरालाई पनि हेरौन । हुन त हाम्रो त ननपोलिटिकल पार्टी हो । हाम्रो राजनीतिक दलको सरकार होइन । त्यसो भनेर पोलिटिकल पार्टीहरु असफल हुन्छन भन्ने मेरो एकरत्ति पनि भनाई होइन । पोलिटिकल पार्टी हुने भएको दुईटा, तीनवटा पक्ष भयो भने एक अर्काबीचमा आसपमा एउटा आलोचनाप्रति आयोचना एकले अर्कोलाई बाटो देखाउने काम हुँदै गर्दा त्यसमा एउटा कम्पिटिशनको फिल हुन्छ । त्यसले गर्दा मुलुकलाई हाँक्न सक्छ ।’
पूर्वप्रधानमन्त्री कार्कीले राजनीतिक दलहरुले नै मुलुक हाँक्ने भएकाले उनीहरुलाई आफूले कहिल्यै पनि कम नआँकेको पनि बताउनु भयो । उहाँले निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै कायममुकायम प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको प्रशंशा समेत गर्नुभयो । –न्युज एजेन्सी नेपाल