तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा आज स्वदेश फर्कदै

.

काठमाडौं – तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्कँदैछन् ।

 

 

प्रधानमन्त्री देउवा बिहान नौ बजे नयाँदिल्लीबाट बनारस प्रस्थान गर्ने, चार बजे नयाँदिल्ली आइपुग्ने र सवा चार बजे काठमाडौंका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

 

बनारसमा प्रधानमन्त्री देउवाले विश्वनाथ र पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम छ । जहाँ प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्नेछन् ।