त्रिचन्द्रका विद्यार्थी सडकमाः सरकारी प्रतिवन्धको तयारीको विरोध (तस्बिरहरु)

.

सरकारले विद्यार्थी संगठनमाथि प्रतिवन्ध लगाउन निर्णयसँगै त्रिचन्द्र क्याम्पसका विद्यार्थी प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले क्याम्पस परिसरबाट विरोध प्रदर्शन गर्दै सरकारको यस्तो कदम पूर्णतः अनुचित र लोकतन्त्रविरोधी भएको बताएका छन् । विरोध प्रदर्शनमा सहभागी विद्यार्थीले लोकतन्त्रमा विद्यार्थी संगठन र उनीहरूको स्वतन्त्रता खोस्ने काम किमार्थ स्वीकार्य नहुने चेतावनी दिएका छन् । उनीहरूले वर्तमान सरकारको यस्तो तयारीले विद्यार्थीको शैक्षिक र राजनीतिक अधिकारलाई कुण्ठित पार्ने बताउँदै तत्काल यस्तो तयारी रोक्न माग गरेका छन् । क्याम्पस परिसरमा विद्यार्थी उपस्थित भएर सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।– न्युज एजेन्सी नेपाल
अनुप प्रधान/न्युज एजेन्सी नेपाल