
काठमाडौं । सफल उद्यमी उमा खत्री महिला उद्यमशीलता, उत्पादन तथा व्यवसाय प्रवद्र्धन क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै सम्मानित हुनुभएको छ ।
कैलालीको घोडाघोडी नगरपालिका–२, साँडेपानीमा मौरीपालन व्यवासायबाट सफल उद्यमीका रूपमा परिचित खत्रीलाई इन्टरनेशनल डे फर वमेल इन इन्डष्ट्रि (आईडीडब्लुआई) को अवसरमा आयोजित “मह उद्योगमा महिलाः संवाद तथा प्रदर्शनी” कार्यक्रममा सम्मान–पत्र प्रदान गरिएको हो ।
महिला उद्यमी महासंघ नेपालद्वारा आयोजित कार्यक्रममा उद्योग व्यवसाय क्षेत्रमा महिलाको सक्रिय सहभागिता तथा उद्यमशीलता विकासमा योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।
सम्मान–पत्र राष्ट्रिय प्राविधिक संयोजक जगदीश भक्त श्रेष्ठ, महासंघकी अध्यक्ष दर्शना श्रेष्ठ तथा व्यावसायिक सीप विकास केन्द्रका प्रमुख डा. सावित्री बरालले संयुक्त रूपमा प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा महिला उद्यमशीलताको प्रवद्र्धन, उत्पादन बृद्धि तथा उद्योग क्षेत्रमा महिलाको नेतृत्व विकासका विषयमा छलफलसमेत गरिएको थियो ।