ज्यापु संस्कृति विकास कोषको आयोजनामा काठमाडौंमा ‘ज्यापु दिवस तथा गुरु पूजा’ कार्यक्रम सम्पन्न भएको छ ।
नेवार समुदायको मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित उक्त विशेष समारोहमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको उपस्थिति रहेको थियो । कार्यक्रममा परम्परागत सीप र ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विभिन्न क्षेत्रका गुरुहरूको सम्मान एवं पूजा गरिएको थियो । ज्यापु संस्कृति विकास कोषले हरेक वर्ष यो दिवसलाई सांस्कृतिक उत्सवका रूपमा मनाउँदै आएको छ । कार्यक्रममा विभिन्न गुठीका प्रतिनिधि, सांस्कृतिक क्षेत्रका अगुवा तथा स्थानीय समुदायको उल्लेख्य सहभागिता रहेको थियो । –न्युज एजेन्सी नेपाल
तस्बिरहरुः अनुप प्रधान–न्युज एजेन्सी नेपाल















