सर्वोच्च अदालतका चार न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ

.

सर्वोच्च अदालतका नवनियुक्त चार न्यायाधीशले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
शुक्रवार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले चारै जना न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । शपथ ग्रहण गर्नेमा रत्नबहादुर बागचन्द,चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी रहनुभएको छ । गत असोज २० गते बसेको न्याय परिषद्को बैठकले उच्च अदालतमा कार्यरत चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । शपथ ग्रहणसँगै चारै जनाले सर्वोच्च अदालतको न्यायाधीशका रूपमा जिम्मेवारी सम्हाल्ने बाटो खुलेको छ । –न्युज एजेन्सी नेपाल