भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र साह (बालेन) लाई भारतको राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारतीय सेनाले गार्ड अफ अनर प्रदान गरेको छ ।
सोमवार आयोजित समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री साहलाई स्वागत गर्नुभएको थियो । त्यसपछि भारतीय सेनाको टुकडीले उहाँको सम्मानमा सम्मान गारत अर्पण गरेको हो । समारोहमा नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, भारतका लागि नेपाली राजदुत डा. निश्चलनाथ पाण्डेसहित दुवै देशका उच्च सरकारी अधिकारीहरूको उपस्थिति थियो । गार्ड अफ अनर ग्रहण गरेपछि प्रधानमन्त्री साह महात्मा गान्धीको समाधिस्थल राजघाट पुग्नुभएको छ । त्यहाँ उहाँले गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ । –न्युज एजेन्सी नेपाल